खाडी क्षेत्रमा हाल जारी परिस्थितिका कारण प्रभावित भएका नेपाली नागरिकहरूको स्वदेश फिर्तीलाई सहजीकरण गर्न हिमालय एअरलाइन्स्ले ८ मार्च २०२६ देखि दुबईमा विशेष उडानहरू सञ्चालन प्रारम्भ गरेको छ । प्रभावित यात्रुहरूको सुरक्षित तथा समयमै स्वदेश फिर्ती सुनिश्चित गर्न एअरलाइन्स्ले नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गर्दै आएको छ ।


यस क्रममा एअरलाइन्स्ले ८ मार्च २०२६ बाट काठमाडौँ–दुबई उडानमार्फत पहिलो विशेष उडान सञ्चालन गरेको थियो । नियमित उडानहरूमा आएको अवरोधका कारण यात्रा गर्न नसकेका नेपालीलाई एअरलाइन्स्ले स्वदेश फर्काउने व्यवस्था गरेको छ । हिमालय एअरलाइन्स्ले दैनिक एक नियमित उडान सञ्चालन गरिरहेको छ ।
हिमालय एअरलाइन्स् यस चुनौतीपूर्ण परिस्थितिमा नेपाली नागरिकहरूलाई सहयोग गर्न प्रतिबद्ध रहँदै विमानस्थल प्राधिकरण, कूटनीतिक नियोगहरू तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्दै सुरक्षित यात्राको व्यवस्था मिलाइरहेको छ । 


हाल यस रुटमा हिमालय एअरलाइन्स्ले दैनिक एक नियमित उडान सञ्चालन गर्दै आएको छ र ८ मार्चदेखि हालसम्म ७६५ नेपाली नागरीकलाई स्वदेश फिर्ता ल्याउन हाल सम्म पाँच वटा उडान सञ्चालन गरिसकेको छ ।


थप जानकारी तथा अपडेटको लागि एअरलाइन्स्को आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिन्छ ।
यी विशेष उडानहरू सञ्चालन गर्न सहयोग पु¥याउनु हुने नेपाल सरकार, उड्डयन निकायहरू तथा सम्बन्धित साझेदार संस्थाप्रति हिमालय एअरलाइन्स् हार्दिक आभार व्यक्त गर्दछ ।