बेइजिङ संसारको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको देश, चीनको राजधानी हो । २१,५००,००० मानिसहरूको जनसंख्याको साथ, यो सांघाई पछि चीनको दोस्रो ठूलो शहर हो । सन् १९११ मा गणतन्त्रको स्थापना नभएसम्म बेइजिङ मिङ र छिङ राजवंशका सम्राटहरूको आसनस्थल पनि थियो । बेइजिङ चीनको राजनीतिक, शैक्षिक र सांस्कृतिक केन्द्र भएकोले यो ऐतिहासिक स्थलहरू र महत्त्वपूर्ण सरकारी तथा सांस्कृतिक संस्थाहरूले भरिएको छ ।

यो शहर समतलता र शुष्क हावा पानीको लागी परिचित छ । बेइजिङको सिमामा (फॉरबिडन सिटीको उत्तरमा जिंगशान पार्क सम्म) जम्मा तीन वटा पहाडहरू छन् भने यस शहरलाई तीन तिर पहाडले घेरेको छ । फॉरबिडन सिटिको कन्फिगरेसन जस्तै, बेइजिङमा केन्द्रित “रिंग रोडहरू“ छन्, जुन महानगरको वरिपरि घुम्छ र राम्रो सन्दर्भ बिन्दुको रूपमा काम गर्छन् । चक्रपथभन्दा बाहिर चीनको ग्रेटवालको सबैभन्दा धेरै भ्रमण गरिएका भागहरू छन्, जसले बेइजिङलाई मानवजातिको सबैभन्दा अविस्मरणीय र स्थायी संरचनाहरू मध्ये एकलाई हेर्न चाहनेहरूका लागि राम्रो मुख्यालयको रूपमा चिनाएको छ ।

बेइजिङ  २००८ ग्रीष्मकालीन ओलम्पिक र २०२२ शीतकालीन ओलम्पिक  खेलहरूको आयोजन स्थान थियो ।

बेइजिङ

फॉरबिडन सिटी

फॉरबिडन सिटि, जसलाई प्यालेस म्युजियम र चिनियाँ भाषामा गु गोंग पनि भनिन्छ, यो बेइजिङ सहरको केन्द्रमा अवस्थित छ । यसलाई मिङ र छिङ राजवंशको समयमा २४ सम्राटहरूको लागि शाही दरबारको रूपमा प्रयोग गरिन्थ्यो । फॉरबिडन सिटीलाई मिङ राजवंशमा सम्राट चेङ्जुको शासनकालमा १४ वर्ष लगाऐर निर्माण गरिएको थियो । यहाँ सम्...

टेम्पल अफ हेभेन पार्क

बेइजिङको डोङचेङ जिल्लामा रहेको टेम्पल अफ हेभेन पार्कलाई चिनियाँ भाषामा तियानतान भनिन्छ। यो चीनको प्राचीन बलिदान दिने भवनहरू मध्ये सबैभन्दा ठुलो र उत्कृष्ट कृति हो। मूल रूपमा, स्वर्गको मन्दिर त्यो ठाउँ हो जहाँ मिङ राजवंश (१३६८–१६४४) र छिङ राजवंश (१६४४–१९११)का सम्राटहरूले स्वर्गीय पूजा समारोह आयोजना ग...

ग्रेत वाल अफ चाइना

ग्रेत वाल अफ चाइनाको अविस्मरणीय दृश्य हेर्न बेइजिङ सबैभन्दा राम्रो गन्तव्य हो ।  यसको सबैभन्दा प्रख्यात खण्डहरू बेइजिङ नजिकैको उपनगरीय क्षेत्रहरूमा अवस्थित छन्, जसमा राम्ररी संरक्षित बडालिङ र मुटियान्यु, मर्मत गरिएको जुयोङगुआन, जिनशानलिङ्ग र सिमाताई, साथै जंगली जियानकोउ र गुबेइको पनि छन् । यी खण्डहर...

उपयोगी जानकारी

चीनमा पावर सकेटहरू टाइप A र I प्रकारका हुन्छन् । यहाँ स्ट्यान्डर्ड भोल्टेज २२० भि र स्ट्यान्डर्ड फ्रिकुयन्सी ५० ह्ज हुन्छ ।

बेइजिङ प्रवेश गर्न सबै राष्ट्रका नागरिकहरूसँग वैध चिनियाँ भिसा हुन अनिवार्य छ । भिसा आवश्यकताहरु बारे जानकारीको लागी आफ्नो देशमा रहेको चिनियाँ दूतावास सँग परामर्श गर्न सक्नुहुन्छ । यसैबीच चीनले नेपालीहरूको लागि मे १, २०२४, बाट भिसा शुल्क हटाएको छ ।

बेइजिङमा राम्रोसँग विकसित र कुशल सार्वजनिक यातायात प्रणाली छ, जसले पर्यटकहरूलाई शहर वरिपरि घुम्न सहज बनाउँछ । सबवे प्रणाली, प्रमुख पर्यटक लाइनहरू र एयरपोर्ट एक्सप्रेस सार्वजनिक बसहरू शहर वरिपरि घुम्न उत्तम विकल्पहरू हुन् ।

चीनको आधिकारिक भाषा मन्डारिन हो, जसलाई “पुटोङ्गुआ“ पनि भनिन्छ । चिनियाँ जनसंख्याको ७०% भन्दा बढीले मन्डारिन बोल्छन्, तर चीनमा प्रयोगमा रहेका अन्य धेरै प्रमुख भाषाहरू पनि छन जस्तै: यू (क्यान्टोनिज), सियाङ (हुनानी), मिन बोली, गान बोली, वू बोली, र केजिया वा हक्का बोली।