हिमालय एअरलाइन्स् नेपाल-चीन संयुक्त लगानीमा सन् २०१४ मा स्थापित अन्तर्राष्ट्रिय एअरलाइन्स् हो, जसको स्थापना दुई प्रमुख उद्देश्यहरू; नेपाल र अन्य देशहरूबीचको जनता-जनताबीचको सम्पर्कलाई प्रवर्द्धन गर्न तथा नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पुर्याउनका लागि भएको थियो । यो संयुक्त लगानी तिब्बत सिभिल एभिएसन डेभलप्मेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (टी.सी.ए. डी. आई.सी.) र यती वर्ल्ड  इन्भेष्टमेन्ट प्रा. लि.  का बीच रहेको छ ।

 

नाम हिमालय एअरलाइन्स्
प्रधान कार्यालय

गैरीधारा-२, काठमाडौं, नेपाल
पोष्ट बक्स. २०२९९
टेलिफोन: +९७७ १ ४००४००० / + ९७७ १ ४००४०९०

फ्याक्स: +९७७ १ ४००४०९८


मेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

व्यवसायको प्रकार अन्तर्राष्ट्रिय हवाई उडान
साझेदारीको प्रकार नेपाल-चीन संयुक्त लगानी
निगमको स्थान काठमाडौं, नेपाल
सञ्चालन आधार काठमाडौं, नेपाल
कम्पनी दर्ता नं ७५८४/०५४/५५
दर्ता मिति २०५४/७/२५/२
उद्योग विभाग दर्ता नं ६३६/०५४
वायुसेवा सञ्चालन अनुमति प्रमाणपत्र ( एअर अपरेटर सर्टिफिकेट)  नं ०८४/२०१५
स्थायी लेखा नम्बर ( प्यान ) प्रमाणपत्र ५०००४०६४७
अध्यक्ष श्री झोउ एनयोङ
उपाध्यक्ष – प्रशासन श्री विजय श्रेष्ठ
उपाध्यक्ष – सन्चालन क्याप्टेन हाओ डी
फ्लीट प्रकार ए ३२०-२१४ र ए ३१९-११५ परिवार
विमानको संख्या चार
कर्मचारीहरूको कुल संख्या ३५०+