हिमालय एअरलाइन्स् (“हामी”) ले आफ्नो वेबसाइटमा कुकीहरू प्रयोग गर्छौँ। तपाईँले हाम्रो वेबसाइट प्रयोग गर्नुभयो भने कुकीहरूको प्रयोगमा सहमति जनाउनुभएको मानिन्छ। यस नीतिमा कुकी के हुन्, हामीले किन र कसरी प्रयोग गर्छौँ, तेस्रो पक्षले कसरी प्रयोग गर्न सक्छन् र कुकीसम्बन्धी तपाईँका विकल्पहरूबारे सरल रूपमा जानकारी दिइएको छ।
कुकी के हुन्?
कुकी भनेको वेबसाइटले तपाईँको वेब ब्राउजरमा पठाउने साना पाठ फाइलहरू हुन्। यी फाइलहरूले वेबसाइटलाई तपाईँलाई चिन्ने, अर्को पटकको भ्रमण सजिलो बनाउने र सेवा अझ उपयोगी बनाउन मद्दत गर्छन्।
कुकीहरू दुई प्रकारका हुन्छन्—सेसन कुकी (ब्राउजर बन्द हुँदा मेटिने) र स्थायी कुकी (निश्चित समयसम्म रहने)।
हामी कुकी कसरी प्रयोग गर्छौँ ?
तपाईँ हाम्रो वेबसाइटमा आउँदा ब्राउजरको प्रकार, ठेगाना र भ्रमणसम्बन्धी जानकारी स्वचालित रूपमा सङ्कलन हुन्छ। यस्तो जानकारी कुकी, वेबरइमेल पिक्सेल (बीकन), इम्बेडेड लिङ्कजस्ता उपकरणबाट सङ्कलन गरिन्छ।
-
आवश्यक कुकीहरू: वेबसाइट चलाउन, सुरक्षित भागमा पहुँच दिन र आधारभूत सेवा उपलब्ध गराउन।
-
कार्यात्मक कुकी : तपाईँका छनोटहरू ९जस्तै भाषा, क्षेत्र० सम्झन र व्यक्तिगत अनुभव दिन।
-
विज्ञापन कुकी : सामग्री र विज्ञापनको प्रभावकारिता बुझ्न। यी कुकीहरू तेस्रो-पक्ष साझेदारमार्फत ट्र्याक हुन सक्छन्। विज्ञापन कुकीबाट सिधै सङ्कलित तपाईँको व्यक्तिगत विवरण (जस्तै नाम, इमेल) हामी साझा गर्दैनौँ, तर भ्रमणसम्बन्धी डेटा तेस्रो पक्षका अन्य डेटासँग जोडिन सक्छ। यससम्बन्धी प्रक्रिया तेस्रो पक्षको गोपनीयता नीतिअनुसार हुन्छ।
-
तेस्रो-पक्ष कुकी : सेवा उपयोगको तथ्याङ्क र विज्ञापनका लागि तेस्रो पक्षका कुकीहरू पनि प्रयोग हुन सक्छन्।
कुकीसम्बन्धी तपाईँका विकल्पहरू
तपाईँ चाहनु भए कुकीहरू मेटाउन वा अस्वीकार गर्न आफ्नो वेब ब्राउजरको सेटिङरमद्दत पृष्ठ प्रयोग गर्न सक्नुहुन्छ।
कृपया ध्यान दिनुहोस्स् कुकी मेटाए वा अस्वीकार गरेमा वेबसाइटका केही सुविधाहरू पूर्ण रूपमा काम नगर्न सक्छन्, तपाईँका प्राथमिकताहरू सुरक्षित नहुन सक्छन् र केही पृष्ठहरू ठीकसँग नदेखिन सक्छन्।
१. गोपनीयता नीतिबारे
१.१. यस नीतिले हिमालय एअरलाइन्स् ले ग्राहकहरूको व्यक्तिगत जानकारी कहिले, किन र कसरी सङ्कलन गर्छ भन्ने कुरा स्पष्ट गर्छ। साथै, उक्त जानकारी कसरी प्रयोग र सुरक्षित गरिन्छ तथा यससम्बन्धी तपाईँका अधिकारहरू के–के हुन् भन्ने पनि यसमा समेटिएको छ।
१.२. यस गोपनीयता नीतिअनुसार, हामी तपाईँको व्यक्तिगत डेटा सङ्कलन, प्रयोग र आवश्यक भएमा भण्डारण गर्न सक्छौँ।
१.३. हिमालय एअरलाइन्स् ले सङ्कलन, प्रयोग वा खुलासा गर्ने सबै व्यक्तिगत जानकारीको उद्देश्य ग्राहकलाई सुरक्षित, सहज, प्रभावकारी र व्यक्तिगत अनुभव प्रदान गर्नु हो। यसमा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा, वा हाम्रा साझेदार, कम्पनी वा एजेन्टमार्फत उपलब्ध गराउनुभएको जानकारी, साथै तपाईँले हाम्रा सेवाहरू प्रयोग गर्दा स्वचालित रूपमा सङ्कलन हुने जानकारी समावेश हुन्छ।
१.४. यस नीतिमा समय–समयमा परिवर्तन हुन सक्छ। त्यसैले अद्यावधिक जानकारीका लागि कृपया यो पृष्ठ आवधिक रूपमा हेर्नुहोस्। सेवाहरू प्रयोग गर्नुभयो भने तपाईँले यो गोपनीयता नीति पढ्नुभएको, बुझ्नुभएको र सहमति जनाउनुभएको मानिन्छ।
२.व्यक्तिगत डेटा प्रशोधनका कानुनी आधार
२.१. हिमालय एअरलाइन्स् ले कानुनले अनुमति दिएको अवस्थामा मात्र तपाईँको व्यक्तिगत डेटा प्रशोधन गर्छ। मुख्य आधारहरू यस्ता छन्:
-
तपाईँको बुकिङ प्रक्रिया पूरा गर्न र यात्रा व्यवस्थापन गर्न
-
तपाईँको बुकिङ प्रक्रिया पूरा गर्न र यात्रा व्यवस्थापन गर्न
-
एअरलाइन्स् तथा यात्रा सेवा सुधार र सञ्चालन गर्न
-
कानुनी दायित्व पूरा गर्न
-
तपाईँ वा अन्य व्यक्तिको अत्यावश्यक हितको रक्षा गर्न
- हामीसँग भएको सम्झौता अनुसार त्यस्ता विशेष उद्देश्यका लागि तपाइँको व्यक्तिगत डेटा प्रशोधन गर्न।
३. सङ्कलित जानकारी र यसको उद्देश्य
३.१.सङ्कलन गरिने व्यक्तिगत जानकारी
हिमालय एअरलाइन्स् ले निम्न जानकारी सङ्कलन गर्न सक्छ:
-
नाम, जन्ममिति, लिङ्ग, राहदानी वा अन्य पहिचान विवरण
-
ठेगाना, इमेल, फोन नम्बरजस्ता सम्पर्क विवरण
-
लोयल्टी कार्यक्रमसम्बन्धी जानकारी
-
उडान विवरण, सिट, खाना वा अन्य सेवा प्राथमिकता
-
स्वास्थ्यसम्बन्धी जानकारी (आवश्यक परेमा)
-
आपतकालीन सम्पर्क, यात्रा साथीको नाम, विशेष सहायता आवश्यकताजस्ता विवरण
३.२. संवेदनशील व्यक्तिगत डेटा
धर्म, स्वास्थ्य, जातीयता, लिङ्ग वा बायोमेट्रिक जानकारीलाई “संवेदनशील व्यक्तिगत डेटा” मानिन्छ। यस्ता जानकारी विशेष अवस्थामा मात्र सङ्कलन गरिन्छ, जस्तै:
-
तपाईँले विशेष खाना वा सेवा अनुरोध गर्नुभयो भने
-
ह्वीलचेयर, अक्सिजनजस्ता चिकित्सा सहायता चाहिएको अवस्थामा
-
मेडिकल अनुमति वा गर्भावस्थाका कारण उडान अनुमति आवश्यक परेमा
३.३. व्यक्तिगत जानकारी प्रयोग गर्ने उद्देश्य
हिमालय एअरलाइन्स् ले तपाईँको जानकारी निम्न उद्देश्यका लागि प्रयोग गर्न सक्छ:
-
टिकट बुकिङ र यात्रा व्यवस्थापन गर्न
-
तपाईँका आवश्यकताअनुसार सेवा उपलब्ध गराउन
-
उडानमा हुने परिवर्तनबारे जानकारी दिन
-
बुकिङ पुनः प्राप्त गर्न र अनलाइन चेक–इन सुविधा दिन
-
उडानभित्रका सेवाहरू तपाईँको प्राथमिकताअनुसार प्रदान गर्न
-
वेबसाइट प्रयोग अनुभवलाई अझ सहज र व्यक्तिगत बनाउन
-
ठगी रोक्न, भुक्तानी प्रमाणीकरण गर्न वा कानुनी दायित्व पूरा गर्न
३.४.तेस्रो व्यक्तिको तर्फबाट बुकिङ
यदि अर्को व्यक्तिले तपाईँको तर्फबाट बुकिङ गर्छ भने, उक्त व्यक्तिसँग तपाईँको व्यक्तिगत डेटा प्रयोग गर्ने अनुमति रहेको हुनुपर्छ।
३.५. नाबालकको बुकिङ
१८ वर्ष मुनिका बालबालिकाका लागि बुकिङ गर्दा, बुकिङ गर्ने व्यक्ति १८ वर्षभन्दा माथिको हुनुपर्छ र आवश्यक सहमति हुनुपर्छ।
३.६. तेस्रो पक्षसँग जानकारी साझा
हिमालय एअरलाइन्स् ले कर्मचारी, एजेन्ट, सेवा प्रदायक वा कानुनले मागेमा सम्बन्धित निकायसँग व्यक्तिगत जानकारी साझा गर्न सक्छ, तर यो गोपनीयता नीतिअनुसार मात्र गरिन्छ।
४. डाटा अवधारण
४.१ व्यक्तिगत जानकारी आवश्यक उद्देश्य पूरा नहुन्जेल, वा कानुनले तोकेको अवधिसम्म मात्र सुरक्षित राखिन्छ।
४.२ जानकारी नष्ट गर्दा पुनः प्राप्त गर्न नसकिने उपाय अपनाइन्छ, वा कानुनी आवश्यकताका लागि सुरक्षित रूपमा अभिलेख राखिन्छ।
५.. डेटा सुरक्षा
५.१. अनधिकृत पहुँच, हानि वा दुरुपयोग रोक्न भौतिक, इलेक्ट्रोनिक र संगठनात्मक सुरक्षा उपाय अपनाइन्छ।
५.२. यद्यपि इन्टरनेटमार्फत पठाइएको डेटा पूर्ण रूपमा सुरक्षित हुने ग्यारेन्टी गर्न सकिँदैन।
५.३. अनलाइन भुक्तानीका लागि सुरक्षित र मान्यता प्राप्त भुक्तानी प्रणाली प्रयोग गरिन्छ।
५.४. यदि व्यक्तिगत डेटामा गम्भीर जोखिम पर्ने कुनै उल्लङ्घन भएमा तपाईँलाई तुरुन्तै जानकारी दिइनेछ।
६. डेटा स्थानान्तरण
६.१ सेवा प्रदान गर्न आवश्यक परेमा तपाईँको व्यक्तिगत डेटा सेवा प्रदायक, एजेन्ट वा उप–ठेकेदारलाई दिइन सक्छ। यस्ता तेस्रो पक्षले यो जानकारी सुरक्षित राख्नुपर्ने र आफ्नै उद्देश्यका लागि प्रयोग गर्न नपाउने गरी सम्झौता गरिएको हुन्छ।