चोङकिङ दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो नगरपालिका हो। यो यांग्त्जे र जियालिङ नदीहरूको संगममा याङ्त्जे नदीको माथिल्लो भागमा रहेको आधुनिक बन्दरगाह सहर हो। ८२,३०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस शहरले हुबेई, हुनान, गुइझोउ, सिचुआन र शान्सी प्रान्तहरूसँग सिमाना साझा गर्दछ।

बेइजिङ, सांघाई र तियान्जिन पछि चीनको चौथो नगरपालिकाको रूपमा, चोङ्छिङले अद्भुत प्राकृतिक वातावरणको संरक्षण गर्दै द्रुत आर्थिक विकासलाई कायम राखेको छ।

माउन्टेन सिटी भनेर चिनिने, लहरी भूभाग भएको यो सहर पानीको भण्डार, खनिज श्रोत, घना जङ्गल र प्रचुर मात्रामा वनस्पति र जीवजन्तुहरूले भरिएको छ । प्राकृतिक चमत्कार र सांस्कृतिक सम्पदाको लागि देश र विदेशबाट आगन्तुकहरूलाई यस सहर्ले आकर्षित गर्दछ । यांग्त्जे नदी क्रूजको लागि एक सामान्य सुरूवात पोर्टको रूपमा रहेकोले पर्यटकहरू यहाँ डाउनस्ट्रीम टुरको लागि भव्य तीन घाटीहरूमा जान सक्छन्।

चोङकिङ

वुलोङ कार्स्ट

वुलोङ कार्स्ट राष्ट्रिय भूगर्भ पार्क दक्षिणपूर्वी चोङ्छिङको वुजियाङ नदीको तल्लो भागमा अवस्थित छ । यसलाई २००७ मा युनेस्को द्वारा विश्व प्राकृतिक सम्पदाको सुचीमा समावेस गरिएको थियो । वुलोङ कार्स्टमा फुरोङ गुफाका तीन मुख्य भागहरू, तीन प्राकृतिक पुलहरू, हुपिङ जायन्ट डोलाइन (हाउपिङ टियान्केङ) र अन्य रमणी...

होङ्ग्या गुफा

होङ्ग्या गुफाको इतिहास २,३०० वर्षभन्दा बढी पुरानो छ । यो प्राचीन बा राज्य (१०४६ बि.सी–२५६ बि.सी) देखि मिंग र छिङ राजवंश (१३६८ – १९११) सम्म एक सैन्य किल्ला थियो र प्राचीन चीनको सबैभन्दा प्रारम्भिक र सबैभन्दा विकसित घाटको साइट पनि थियो ।होङ्ग्या एक ११–तले, ७५–मिटर ठाडो चट्टान छेउछाउ स्थित घर हो । यो प...

उपयोगी जानकारी

चीनमा पावर सकेटहरू टाइप A र I प्रकारका हुन्छन् । यहाँ स्ट्यान्डर्ड भोल्टेज २२० भि र स्ट्यान्डर्ड फ्रिकुयन्सी ५० ह्ज हुन्छ ।

चोङकिङ प्रवेश गर्न सबै राष्ट्रका नागरिकहरूसँग वैध चिनियाँ भिसा हुन अनिवार्य छ । भिसा आवश्यकताहरु बारे जानकारीको लागी आफ्नो देश मा रहेको चिनियाँ दूतावास संग परामर्श गर्न सक्नुहुन्छ । यसैबीच चीनले नेपालीहरूको लागि मे १ बाट भिसा शुल्क हटाएको छ ।

दक्षिणपश्चिमी र मध्य चीनको संगम स्थिल साथै याङजी नदीको माथिल्लो भागमा स्थित ठूलो सहर भएकोले, चोङकिङ चिनको सबैभन्दा महत्त्वपूर्ण यातायात केन्द्रहरू मध्ये एक हो । यसले पूर्वी र पश्चिमी चीनलाई जोड्दछ । यस सहरको यातायात प्रणाली हालैका वर्षहरूमा धेरै राम्रोसँग विकसित भएको छ र यहाँ हवाई, रेल वा लामो दूरीमा चलने बसहरू द्वारा सजिलै पुग्न सकिन्छ।

चोङकिङको मूल भाषा दक्षिणपश्चिमी मन्डारिन हो । अझ स्पष्ट रूपमा भन्नुपर्दा, जिउशान बाहेक नगरपालिकाको ठूलो बहुमतले सिचुआनीज बोल्छन्, जसमा प्राथमिक चेङ्दु–चोङकिङ भाषा र जियाङ्जिन र क्विजियाङमा बोलिने मिन्जियाङ बोली पनि समावेश छ । मिङ र छिङ राजवंशको समयमा सिचुआन क्षेत्रमा ठूलो अध्यागमन लहरको कारण नगरपालिकामा सियाङ र हक्का भाषा प्रयोग गर्ने केही वक्ताहरू पनि छन् । साथै, दक्षिणपूर्वी चोङकिङका केही भागहरूमा, मियाओ र तुजिया भाषाहरू पनि बोलिन्छन् ।