दमाम साउदी अरेबियाको पूर्वी प्रान्तको राजधानी हो । प्रान्तका न्यायिक र प्रशासनिक निकायहरू, साथै धेरै सरकारी विभागहरू यस सहरमा अवस्थित छन् । दमाम पूर्वी प्रान्तको सबैभन्दा ठूलो शहर हो, र रियाद, जेद्दा, मक्का, मदिना र ताइफ पछि देशको छैठौं ठूलो शहर हो । साउदी अरेबियाका अन्य १२ क्षेत्रीय राजधानीहरू जस्तै, दमाम मेयरको नेतृत्वमा “नगरपालिका” को रूपमा शासित छ ।

दमाम साउदी तेल उद्योगको लागि प्रमुख प्रशासनिक केन्द्र हो । धाहरान र अल खोबरका नजिकैका सहरहरू सँगसँगै, दमामले दमाम महानगरीय क्षेत्रको भाग बनाउँछ, जसलाई सामान्यतया ग्रेटर दमाम भनेर चिनिन्छ र २०१२ सम्ममा यहाँ अनुमानित जनसंख्या ४,१४०,००० थियो ।

दमाम र यसका उपनगरहरूले दमामलाई महानगरीय क्षेत्रको केन्द्र बनाउछ र यस सहरलाई ग्रेटर दमामको रूपमा पनि चिनिन्छ, जुन सामाजिक, आर्थिक, र सांस्कृतिक सम्बन्धहरू मार्फत सहरसँग नजिकबाट जोडिएको छ ।

दमाम

हेरिटेज भिलेज

हेरिटेज भिलेज दमाम कोर्निशको नजिक छ र एक अत्यन्त सुन्दर महल–जस्तो पुरानो भवन हो, जसमा प्राचीन इस्लामिक कलाकृतिहरू प्रदर्शन गरिएको छ । 

किंग अब्दुल्ला पार्क

किंग अब्दुल्ला पार्क दमामको समुद्री तट मा स्थित छ । यो विशिष्ट डिजाइनको साथ सबैभन्दा आधुनिक पर्यटकीय गन्तव्य हो र यसमा सबै सेवाहरू, जस्तै रेस्टुरेन्टहरू, बालबालिकाको खेल मैदान, झरना र उत्सव र चाडपर्वहरू आयोजना गर्नका लागि थिएटरहरू सहित व्यापक हरियो ठाउँहरू समावेश गरिएका छन् ।

किंग फहाद पार्क

दमाम नजिकै अवस्थित किंग फहाद पार्क एक प्रख्यात र मनोरञ्जन गन्तव्य हो। यस पार्कमा सबै उमेरका लागि विभिन्न गतिविधिहरू उपलब्ध छन् ।

अल–मार्जन टापु

अल–मार्जन टापु दमाम क्रसवेज घाटसँग जोडिएको सुन्दर कृत्रिम टापु हो । यहाँँ हरियो ठाउँहरू, बच्चाहरूको लागि खेल मैदान, र परिवार र पर्यटकहरूका लागि बस्ने ठाउँहरू सहित, सबैका लागि आकर्षणहरू छन् ।

डल्फिन गाउँ

यो अल दमाम कोर्निशमा अल–मार्जन टापुको ढोकामा अवस्थित एक अद्भुत मनोरञ्जन गाउँ हो । यहाँँ मनोरञ्जन सवारी, ठूलो पौंडी पोखरी, दैनिक डल्फिन र सिल शोहरू, र ईदको बिदा र राष्ट्रिय कार्यक्रमहरू जस्ता विशेष अवसरहरूमा सर्कसको सुविधाहरू छन् ।

उपयोगी जानकारी

साउदी अरबमा पावर सकेटहरू टाइप A,B,C र G प्रकारका हुन्छन् । यहाँ स्ट्यान्डर्ड भोल्टेज ११०/ २२० वोल्ट र स्ट्यान्डर्ड फ्रिकुयन्सी ६० ह्ज हुन्छ ।

सबै आगन्तुकहरूलाई साउदी अरबमा प्रवेश गर्न भिसा अनिवार्य छ, र देशमा प्रायोजन भएकाहरूलाई मात्र भिसा दिइन्छ । पर्यटक भिसाहरू सीमित आधारमा चयन गरिएका समूहहरूलाई मात्र दिइन्छ, र साउदी अरेबियाका सबै आगन्तुकहरूलाई जरुरी कागजातहरू सहित उपयुक्त भिसा र फिर्ता टिकटको अतिरिक्त, कम्तिमा छ महिनाको वैधता भएको राहदानी हुन आवश्यक छ ।

सहरको वरिपरि पुग्ने सबैभन्दा छिटो र पहुँचयोग्य तरिका भनेको ट्याक्सी हो र यदि बसमा चढ्दै हुनुहुन्छ भने, धेरैजसो नयाँ बसहरू वातानुकूलित छन् र साउदी अरेबियाको सार्वजनिक यातायात कम्पनीद्वारा संचालित छन् । तिनीहरू सहर वरिपरि धेरै मार्गहरूमा सञ्चालन गरिएका छन् ।

साउदी अरेबियाको आधिकारिक भाषा अरबी हो । यसको साउदीहरूले बोल्ने तीन मुख्य क्षेत्रीय रूपहरू हेजाजी अरबी, नजदी अरबी र गल्फ अरबी हुन् ।