दोहा कतार राज्यको राजधानी र सबैभन्दा बदी जनसंख्या भएको शहर हो। दोहा देशको पूर्वमा पर्शियन खाडीको तटमा अवस्थित छ। यो कतारको सबै भन्दा छिटो बढ्दै गरेको शहर हो, जहाँ राष्ट्रको ५०% भन्दा बढी जनसंख्या बस्छन्, र यो देशको आर्थिक केन्द्र पनि हो।

यसलाई आधिकारिक रूपमा १९७१ मा कतारले बेलायती संरक्षक राज्यबाट स्वतन्त्रता प्राप्त गरे पछि देशको राजधानीको रूपमा घोषणा गरिएको थियो। कतारको व्यापारिक राजधानी र मध्यपूर्वमा उदीयमान वित्तीय केन्द्रहरू मध्ये एकको रूपमा, दोहालाई ग्लोबलाइजेशन र वर्ल्ड सिटीज रिसर्च नेटवर्कद्वारा विश्व शहरको मान्यता दिइएको छ।

मे २०१५ मा, भिगन, ला पाज, डरबन, हवाना, बेरुत, र क्वालालम्पुर सँगसँगै, दोहालाई नयाँ ७ आश्चर्य शहरहरू मध्ये एकको रूपमा आधिकारिक मान्यता दिइएको थियो ।

दोहा

सौक

यदि तपाईं किनमेल गर्न, भोजन गर्न, अन्वेषण गर्न, वा धेरै आकर्षक आउतदोर क्याफेहरू मध्ये एकमा बसेर मानिसहरूको चहल पहल हेर्नको लागि एक अद्भुत ठाउँ खोज्दै हुनुहुन्छ भने, दोहामा सौक वकिफ उत्तम स्थान हो ।

खलिफा अन्तर्राष्ट्रिय रंगशाला

खलिफा इन्टरनेशनल स्टेडियमलाई राष्ट्रिय स्टेडियम पनि भनिन्छ, दोहा स्पोर्ट्स सिटी कम्प्लेक्सको भागको रूपमा दोहा, कतारमा रहेको यो बहुउद्देश्यीय स्टेडियम हो, जसमा एस्पायर एकेडेमी, हमाद एक्वाटिक सेन्टर र एस्पायर टावर पनि समावेश छन् । यसलाई कतारका पूर्व अमिर खलिफा बिन हमाद अल थानीको नामबाट नामाकरण गरिएको ...

इस्लामिक कला संग्रहालय

इस्लामिक कला संग्रहालयले तीन महादेशबाट १,४०० वर्षको इस्लामिक कला प्रदर्शन गर्दछ । यसले अद्भूत सङ्ग्रहहरू संरक्षण र प्रदर्शन गर्दछ र   इस्लामिक धर्म बारे ज्ञान फैलाउँछ ।

पर्ल–कतार

पर्ल–कतार पश्चिम खाडी नजिकै मानव निर्मित टापु हो । यसमा भूमध्य–शैलीका मरीनाहरू, आवासीय टावरहरू, विलाहरू, होटलहरू, र शीर्ष ब्रान्डका लक्जरी पसलहरू छन् ।

उपयोगी जानकारी

कतारमा पावर सकेटहरू टाइप D र G  प्रकारका हुन्छन् । यहाँ स्ट्यान्डर्ड भोल्टेज २४० वोल्ट र स्ट्यान्डर्ड फ्रिकुयन्सी ५० ह्ज हुन्छ ।

कतारमा १४ दिनभन्दा बढी समय बिताउन चाहने पर्यटकहरू, पारिवारिक भ्रमणका लागि आउने तथा लामो अवधिको व्यापार भ्रमणमा आउनेहरूका लागि भिजिट भिसा लागू हुन्छ । भिजिट भिसाका लागि कतारमा बस्ने वा देशभित्र सञ्चालन गर्न इजाजतपत्र प्राप्त कम्पनी वा होटलको प्रायोजन आवश्यक हुन्छ ।

ट्याक्सीहरू दोहा र कतारमा सम्पूर्ण देशको वरिपरि पुग्नको लागि सबैभन्दा सुविधाजनक माध्यमहरू मध्ये एक हो । कतारमा सामान्यतया एउटा मात्र कम्पनीले ट्याक्सी सेवा प्रदान गर्दछ । कार हायर कतारमा यात्राको अर्को लोकप्रिय माध्यम हो । त्यसैगरि बस राजधानी शहर वरिपरि यात्रा गर्न सबैभन्दा लोकप्रिय माध्यम हो ।

अरबी कतारको आधिकारिक भाषा हो र अंग्रेजीलाई सामान्यतया दोस्रो भाषाको रूपमा प्रयोग गरिन्छ ।