क्वालालम्पुर आधिकारिक रूपमा क्वालालम्पुरको संघीय क्षेत्र, मलेसियाको राष्ट्रिय राजधानी र सबैभन्दा ठूलो सहर हो । मलेसियाको एक मात्र अल्फा विश्व सहर, क्वालालम्पुरले २४३ किमी (९४ वर्ग माइल) को क्षेत्रफल ओगटेको छ । यो जनसंख्या र आर्थिक विकासमा दक्षिण–पूर्वी एशियामा सबै भन्दा छिटो बढ्दै गरेको महानगरीय क्षेत्रहरु मध्ये एक हो ।

यो सहर कुनै समय संघीय सरकारको कार्यकारी र न्यायिक शाखाहरूको मुख्यालय पनि राहेको थियो, तर तिनीहरूलाई १९९९ को शुरुमा पुत्रजयामा सारिएको थियो । न्यायपालिकाका केही खण्डहरू अझै पनि क्वालालम्पुरमा नै स्थित छन् ।

क्वालालम्पुर, मलेसियाको तीन संघीय क्षेत्रहरू मध्ये एक हो, प्रायद्वीप मलेशियाको मध्य पश्चिम तटमा रहेको सेलान्गोर राज्य भित्र छ । १९९० को दशकदेखि, यस सहरले १९९८ कमन वेयल्थ गेम्स सहित धेरै अन्तर्राष्ट्रिय खेलकुद, राजनीतिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको छ । हालैका दशकहरूमा क्वालालम्पुरले द्रुत विकास गरेको छ । यहाँ विश्वको सबैभन्दा अग्लो जुम्ल्याहा टावर, पेट्रोनास ट्विन टावर स्थित छ, जुन मलेसियाको भविष्यको विकासको प्रतिष्ठित प्रतीक बनेको छ ।

क्वालालम्पुर

पेट्रोनास टावर्स

पेट्रोनास ट्विन टावरहरू कुनै समय संसारको सबैभन्दा अग्लो भवनहरू थिए । अहिले संसारको सबैभन्दा अग्लो तुविन संरचना, ८८–तले टावरहरू ४१ औं र ४२ औं तलामा (सडक स्तर भन्दा १७५ मिटर माथि) ५८ मिटर लामो, डबल–डेकर स्काई ब्रिजद्वारा जोडिएका छन् ।

कुवलालम्पुर टावर

पेट्रोनास ट्विन टावरको साथमा, मेनारा केएल टावर सजिलै मलेसियाको सबैभन्दा चिनिने र लोकप्रिय स्थलचिन्ह हो । १९९४ मा निर्माण गरिएको ४२१ मिटर लामो सहरको उच्चतम बिन्दुमा रहेको यस टावर बाट सबैभन्दा शानदार दृश्य अवलोकन गर्न सकिन्छ । यो चम्किरहेको टावरको स्पिन्डल–जस्तो शीर्ष कुवलालम्पुरको लगभग जुनै पनि ठाउँब...

चाइना टाउन

चाइना टाउन मोलतोल किन्मेल गर्नेको लागि एक प्रसिद्ध स्वर्ग हो । पूर्वीय संस्कृति, सम्पदा र इतिहासमा धनी, यो निस्सन्देह मलेसियाको सबैभन्दा लोकप्रिय पर्यटक स्थलहरू मध्ये एक हो। यो प्ीऋऋ र बुकित् बिन्ताङ सँगै लोकप्रिय छ । 

एक्वेरिया केएलसीसीमा

केएल कन्भेन्सन सेन्टरको कन्कोर्स लेभलमा, ४६४,५१५ वर्गमिटरको एक्वेरिया केएलसीसीमा १५० भन्दा बढी प्रजातिका सामुद्रिक जीवहरू छन् । केल्प, कोरल र समुद्री जीवहरूले भरिएका ट्याङ्क, केएलको प्रमुख दर्शनीय स्थलहरू मध्ये एक छ ।

बाटु गुफा

कुवलालम्पुरको बाट ११ किमी उत्तरमा, बतु गुफाहरू ४०० मिलियन वर्ष पुरानो चुनढुङ्गा पहाड हो (यस भित्र १०० वर्ष पुरानो मन्दिर समावेश छ), जुन थाइपुसमको वार्षिक हिन्दू उत्सवको केन्द्र बिन्दुको रूपमा प्रसिद्ध छ । उत्सवले हजारौं आगन्तुकहरूलाई आकर्षित गर्दछ, जो विशेष गरी  भक्तजनहरू सजावटी रूपमा सजाइएको ’कावडी...

उपयोगी जानकारी

मलेसियामा पावर सकेटहरू टईप G प्रकारका हुन्छन् । यहाँ स्ट्यान्डर्ड भोल्टेज २२० वोल्ट र स्ट्यान्डर्ड फ्रिकुयन्सी ५० ह्ज हुन्छ ।

मलेसियाका आगन्तुकहरूले मलेसियाली कूटनीतिक नियोगहरू मध्ये कुनै एकबाट भिसा प्राप्त गर्नुपर्छ । सबै आगन्तुकहरूसँग कम्तिमा पनि ६ महिनाको लागि वैध राहदानी हुनुपर्छ ।

आधुनिक रेल प्रणाली, उत्कृष्ट सडक, सस्तो बसहरू, र फराकिलो फेरी प्रणालीले मलेसिया घुम्न सजिलो बनाउँछ ।

मलेसियाको आधिकारिक र राष्ट्रिय भाषा मलेशियन हो, जुन मलय भाषाको मानकीकृत रूप हो । त्यसैगरि अंग्रेजी सक्रिय दोस्रो भाषा बनेको छ, यसको प्रयोगकोलाई १९६७ को राष्ट्रिय भाषा ऐन अन्तर्गत केही आधिकारिक उद्देश्यका लागि अनुमति दिइएको छ ।