ताजा सामग्री र माया साथ तयार गरिएको खाना खाएर आफ्नो स्वादलाई आनन्दित पार्नुहोस् ।

उडानमा दिइने खाना 

१ सेप्टेम्बर २०२६ देखि, हिमालय एअरलाइन्स् ले यात्रुहरूको सुरक्षित तथा सुखद यात्रा अनुभव सुनिश्चित गर्न स्वच्छता र विशेष सावधानीका साथ तयार गरिएको निःशुल्क स्जेचुआन सस सहितको भेजिटेबल गार्लिक फ्राइड राइस ढाका र चीन सेक्टरमा सञ्चालन हुने उडानबाहेक सबै उडानमा उपलब्ध गराउँदै आएको छ।

कृपया ध्यान दिनुहोस्, ढाका र चीन सेक्टरमा सञ्चालन हुने उडानहरूमा निःशुल्क ड्राइ स्न्याक्स उपलब्ध गराइनेछ।

थप खानाका विकल्प वा विशेष खानासम्बन्धी आवश्यकताहरू भएका यात्रुहरूका लागि हामीले प्रि-बुक खाना (Pre-Book Meal) सेवा पनि उपलब्ध गराएका छौँ। यस सेवामार्फत यात्रुहरूले उडानअघि नै आफूलाई मनपर्ने खाना छनोट गरि खरिद गर्न सक्नुहुनेछ।

प्रि-बुक खाना

तपाईंको यात्रा अझ सहज बनाउनुहोस् हाम्रो प्रि-बुक खानाको साथ । हल्का नास्ता, भरपर्दो खाना, वा विशेष विकल्पहरू जस्तै हलाल, डायबेटिक-मैत्री, वा बच्चा-मैत्री भोजनहरु । तपाईंको जुनसुकै आवश्यकतालाई हामीले व्यवस्थापन गरेने छौँ । यी स्वादिष्ट परिकारहरू सिधै तपाईँको सिटमा पुर्‍याइनेछ। उडानमा सहज र सरल भोजन अनुभवका लागि आफ्नो खाना अहिले नै प्रि-बुक गर्नुहोस् !

Download the pre-book meal menu

भोजन मूल्य (ने.रु.)
चिकेन बिरयानी र जुस ११००
शाकाहारी बिरयानी र जुस ९५०
चिकेन स्यान्डविच र जुस ६५०
शाकाहारी स्यान्डविच र जुस ५५०
बालबालिकाको भोजन र जुस १०००
हलाल भोजन र जुस ११००
मटन करी भात र जुस              १४००
माछा करी भात र जुस १२००
शाकाहारी चिज स्यान्डविच र जुस  ५५०
चिकेन राइस कम्बो १७००
पनिर राइस कम्बो १६००
नन–भेज ब्रेकफास्ट १५००
चिकेन काठी रोल र जुस १०००
चिकेन नगेट्स र जुस १०००
पनिर काठी रोल र जुस १०००
शाकाहारी जैन भोजन र जुस  ११००
मधुमेह (डायबेटिक) भोजन र पानी ११००

 

For online pre-booking, please go to MANAGE BOOKING at www.himalaya-airlines.com

For counter pre-booking, please contact any of our sales counters.