हिजो जारी गरिएको हाम्रो प्रेस विज्ञप्तिपछि पनि केही सञ्चार माध्यमहरूमा श्री के.पी. शर्मा ओली हिमालय एयरलाइन्समार्फत दुबई उडान गर्दै हुनुहुन्छ भन्ने झुठो समाचार प्रकाशित भएको पाइयो।
यस सन्दर्भमा हामी पुनः स्पष्ट पार्न चाहन्छौँ कि उक्त समाचार पूर्ण रूपमा गलत र भ्रामक हो। यस्ता अपुष्ट समाचारहरूमा विश्वास नगर्न र नफैलाउन सबैलाई हार्दिक अनुरोध गर्दछौँ।