सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू, श्रीमती राधिका शाक्यज्यू उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आज, सेप्टेम्बर ०३, २०२५ मा हिमालय एअरलाइन्स्‌को एयरबस ३२० (Registration: 9N-ALW) द्वारा नेपाल फर्कनुभयो चीनको थियानजिन सहरमा आयोजित दिन शाङ्घाई सहयोग सङ्गठन -SCO_ शिखर सम्मेलनमा सहभागी भई प्रतिनिधिमण्डल नेपाल फर्किएको

 

यस भ्रमणमा सम्माननीय प्रधानमन्त्रीज्यूसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय श्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद सदस्यहरू विभिन्न मन्त्रालयका वरिष्ठ सरकारी अधिकारीहरू सहितको मन्त्रीस्तरीय प्रतिनिधिमण्डल संलग्न हुनुभयो

 

सम्माननीय प्रधानमन्त्रीज्यू प्रतिनिधिमण्डललाई स्वागत गर्न श्री विजय श्रेष्ठ, हिमालय एअरलाइन्स्‌का उपाध्यक्ष (प्रशासन) उपस्थित हुनुहुन्थ्यो विमान बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट १८:२१ बजे (चीनको स्थानीय समय) प्रस्थान गरी नेपाली समयानुसार २१:२७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल -TIA_ मा सफलतापूर्वक अवतरण भयो

 

यस उच्चस्तरीय उडानको सफल व्यवस्थापनले हिमालय एअरलाइन्स्‌को राष्ट्र सेवाप्रतिको १० वर्षको समर्पण देशको यस्ता महत्त्वपूर्ण उडान सफलतापूर्वक संचालन गर्न सक्ने क्षमताको पुष्टि गरेको एअरलाइन्स्‌ले आफूलाई राष्ट्रका लागि भरपर्दो साझेदारको रूपमा स्थापित गरेको