हालै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् हिमालय एयरलाइन्स सम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णतः असत्य तथा भ्रामक छन्। यसै सन्दर्भमा, हाम्रो दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान हो भन्ने स्पष्ट पार्दछौं। प्रचारमा आएका हल्ला र अफवाहहरूमा कुनै सत्यता छैन। यसप्रकारका अपुष्ट जानकारीमा विश्वास नगर्नुहुन तथा प्रचार–प्रसार नगर्नुहुन सबैलाई विनम्र अनुरोध गर्दछौं।
राज्यलाई परिआएको खण्डमा जस्तो सुकै सहयोग गर्नुपर्ने राष्ट्रिय दायित्वबाट कम्पनी कहिलै पनि बिमुख हुदैन । विगतमा पनि हिमालय एयरलाइन्सले कोभिड १९ को समयमा उद्धार उडानमा आफ्नो दायित्व निर्बाह गर्दै आएको छ । केही अनलाईन पोर्टलले स्रोतको हौवा दिएर प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमा दुबै उड्ने तयारी भन्ने समाचारप्रति हिमालय एयरलाइन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्ता भ्रामक र कपोकल्पित समाचारको भ्रममा नपर्न एयरलाईन्स सबैमा हार्दिक अनुरोध गर्दछ । साथै हिमालय एयरलाइन्स यात्रुको सेवामा सधै जिम्मेवार र बफदार भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछ ।