काठमाडौँ, नेपाल– हिमालय एअरलाइन्स् (IATA: H9) ले नेपालको राजधानी काठमाडौँ र चीनको हाङझाउबीच ऐतिहासिक सिधा उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ । सेप्टेम्बर ३०, २०२६, बुधबार देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्स् ले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ जुन एअरलाइन्स् का लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हो ।
हिमालय एअरलाइन्स् ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँ, नेपालबाट हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थल (HGH) बीच साप्ताहिक दुई सिधा उडान सेवा आरम्भ गर्दैछ । यो ऐतिहासिक उडान सेवा बुधबार, सेप्टेम्बर ३०, २०२६, देखि सञ्चालनमा आउने निश्चित भएको छ । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो ।

नेपालको पर्यटन तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय यात्रालाई सहज तुल्याउन समर्पित हिमालय एअरलाइन्स् ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू उपलब्ध गराउन आफ्नो सञ्जाल बिस्तारलाई जारी राखेको छ । काठमाडौँ–हाङझाउ–काठमाडौँ उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यको पर्यटन वृद्धिमा सहयोग गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिनेछ ।
हामीले काठमाडौँ–हाङझाउ–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा दुई उडान सञ्चालन गर्दैछौँ । काठमाडौँबाट हाङझाउका लागि उडान प्रत्येक आइतबार र बुधबार प्रस्थान गर्नेछ भने हाङझाउबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक सोमबार र बिहिबार सञ्चालन हुनेछ ।
प्रारम्भिक योजनाअनुसार ऐतिहासिक काठमाडौँ–हाङझाउ उडान (H9 225) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार सेप्टेम्बर ३०, २०२६ मा साझ ०५:१५ बजे उडान गरी अक्टोबर ०१ को बिहान चीनको स्थानीय समयअनुसार ०१:०५ बजे हाङझाउ स्थित हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थल (HGH) मा अवतरण गर्ने छ । त्यसैगरी, हाङझाउ–काठमाडौ उडान (H9 226) ले हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोबर ०१, २०२६, मा स्थानीय समयअनुसार ०२:०५ मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार ०६:२० मा काठमाडौँ अवतरण गर्नेछ ।
|
Sector |
Effective Dates |
Days |
Departure |
Arrival |
|
KTM-HGH |
30th Sep-21st Oct |
Sunday, Wednesday |
17:15 |
01:05+1 |
|
HGH-KTM |
1st Oct-22nd Oct |
Monday, Thursday |
02:05 |
06:20 |
नोटः उल्लेखित सबै समय स्थानीय समयअनुसार हुन् । +१ ले अर्को दिन आगमन हुने जनाउँछ ।
यो नयाँ सेवाले यात्रुहरूको पहुँचमा वृद्धि गर्दै नेपाल र चीनबीचको लामो समयदेखिको सम्बन्धलाई अझै मजबुत बनाउने छ । यस पहलका साथ, हामीले काठमाडौँ–हाङझाउ–काठमाडौँ मार्गलाई प्रवद्र्धन गर्दै हाम्रा यात्रुहरूका लागि आरामदायी र रमणीय यात्रा विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।
हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै नेपाल र चीन दुवै लाभान्वित भई पर्यटन र व्यापारिक अवसरहरू बढ्ने अपेक्षा गरेका छौँ ।
हिमालय एअरलाइन्स् का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेको ऐतिहासिक काठमाडौँ–हाङझाउ–काठमाडौँ उडान बारे जानकारी दिदै भन्नुभयो, "हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालय एअरलाइन्स् ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । त्यसैले नयाँ बजार खोज्न हाम्रो योगदान उल्लेखनीय छ । काठमाडौँ–हाङझाउ–काठमाडौँ रुटमा सुरु गरिएको यस उडानले दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने हाम्रो एअरलाइन्स् को उद्देश्यलाई प्रोत्साहन गर्दछ । यो ऐतिहासिक उडानको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।
हिमालय एअरलाइन्स् सँग यात्रा गर्न चाहनुहुने यात्रुहरूले एअरलाइन्स् को टिकटिङ काउन्टरहरू, अधिकारिक ट्राभल पार्टनरहरूका साथै एअरलाइन्स् को आधिकारिक वेबसाइट www.himalaya-airlines.com र हिमालय एअरलाइन्स् मोबाइल एप्लिकेसनबाट पनि काठमाडौँ–हाङझाउ–काठमाडौँ उडानको टिकट बुक गर्न सक्नुहुनेछ ।